Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कफीका बिरुवाहरूको माग अत्यधिक

  •   १ वर्ष अघि | ३२ जेष्ठ २०८२, शनिबार

जेठ ३१, गुल्मी । गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । बर्सातको समय सुरु भएसँगै मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भइरहेको छ । 

कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यका अनुसार किसानलेमागे जति कफीका बिरुवा कफी विकास कार्यालयले उत्पादन गर्न नसकेका कारण समस्या भएको हो ।

यस पटक कफी विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको छ, तर धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको छ ।

कफीका बिरुवा उत्पादन गर्नुका साथै कफी विकास केन्द्रले बिक्री वितरण गर्दै आइरहको छ । यस पटक पनि गुल्मीसहित लमजुङ, अर्घाखाँची, कास्की, धादिङ, स्याङ्जालगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको छ । यहाँको नर्सरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप