Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हाइअल्टिच्युडमा गरिएको चिया खेतीको परीक्षण सफल

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ मा चिया खेतीको परीक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका–५ फलाते भन्ने ठाउँमा चियाखेतीको परीक्षण सफल भएको हो । समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा स्थानीय केशबहादुर गौचनले गर्नुभएको चियाखेती सफल भएको हो । 

गौचनका अनुसार विज्ञ र माटो विज्ञ कृषि अनुसन्धान परिषद् (नार्क)बाट ल्याएको हो भने हाइअल्टिच्युडमा परीक्षणका लागि विज्ञले अध्ययन गरिसकेपछी धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपिएको थियो । अहिले परीक्षणका लागि गरिएको चियाखेती सफल भएको हो ।

उक्त परीक्षण खेती सफल भएपछि अहिले फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने देखिएको छ । फलातेको चिया आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै अहिले म्याग्दीको पर्यटकीय स्थल शिख, घोडेपानी, घारका होटलमा समेत प्रयोग हुन थालिसकेको छ । 

  • न्युज बहार संवाददाता

थप