Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यावसायिक मकैखेती विस्तारमा बढ्दो आकर्षण

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकामा किसानले आकर्षक आम्दानी गर्न थालेका छन। गाउँपालिकाका किसान अहिले व्यावसायिक मकैखेती विस्तारमा लागेका छन ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीका अनुसार झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको हो । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको उनले बताएका छन ।

उक्त मकैको व्यावसायिक खेतीबाट दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर गत वर्ष केन्द्रले मकैखेतीको विस्तार गरेको थियो ।
अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापा गाउँपालिका र कनकाई नगरपालिकामा पाँच सय हेक्टर जमिनमा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलवापत झापा गाउँपालिकाले ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आइरहेको छ । पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाका अनुसार यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको छ ।

थप