साउन ६, काठमाडौँ
। नेपालमा लसुनको आयात दुई गुणा बृद्धी भएको छ । नेपालमा आर्थिक वर्ष २०८१/८२ मा मात्रै
लसुनको आयात डबल भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक
वर्षको अवधिमा ६ अर्ब ७० करोड बराबरका ५ करोड ७ लाख ९३ हजार किलोग्राम लसुन आयात
भएको हो ।
भन्सारले
यो परिमाणमा भएको लसुन आयातबाट मात्रै १ अर्ब ७२ करोड रुपैयाँ कर सङ्कलन गरेको छ ।
लसुन लगभग प्राय सबै चीनबाट नै आयात भएको छ ।
अघिल्लो
आर्थिक वर्षमा लसुनको आयात २ अर्ब २२ करोड रुपैयाँ बराबरको १ करोड ७० लाख
किलोग्राम आयात भएको थियो भने सो आयातबाट ५७ करोड रुपैयाँ
बराबरको राजश्व सङ्कलन भएको थियो ।
यो वर्षको
तथ्याङ्क हेर्दा आयात परिमाण, लागत तथा राजस्व सबै करिब २००
प्रतिशतले बढेको देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता