जेठ ३०, काठमाडौँ। पहिलो पटक नेपालमा राष्ट्रिय कफी सम्मेलन हुने
भएको छ।
नेपाली स्थानिय
कफीको उत्पादन, उपभोग
तथा निर्यातलाई प्रवर्द्धन गर्ने मुल उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताइएका
छन।
यही असार २ देखि ५ गतेसम्म काठमाडौँको नयाँबजारमा राष्ट्रिय कफी सम्मेलन हुने आयोजक नेपाल कफी व्यवसायी महासंघले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन हुन लागेको हो।
- न्युज बहार संवाददाता