Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

होलसेलमा घट्यो खाद्यान्नको मूल्य।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, काठमाडौँ। अहिले स्थानिय बजारमा उपभोग्य वस्तुको मागमा शिथिलता देखिन थालेको जानकारी आएको छ । यससँगै बजारमा शिथिलता देखिन थाले पछी होलसेल व्यवसायीहरुले भने खाद्यान्नको मूल्य घटाएर बिक्री गर्न थालेको पाइएको छ ।

यसरी बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब रहेको होलसेल व्यवसायीहरुले बताए पनि यता उपभोक्ताले भने खुद्रा बजार महँगो नै रहेको  बताउँदै आएका छन ।

होलसेलमा दैनिक प्रयोगको चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्य वस्तुको मूल्य घटेको भनिए पनि उपभोक्ता सो भटेको मूल्य पाउनबाट बञ्चित नै रहेको गुनासो आएको स्वयम होलसेल व्यवसायीहरुले बताउने गरेको छन।

गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुले जानकारी गराएका छन।

  • न्युज बहार संवाददाता

थप