कार्तिक
२४, बर्दिया । बर्दिया जिल्लाका पुष्प व्यवसायीलाई तिहार नजिकिएसँगै फूल टिप्ने
चटारो परेको छ । घर दैलोमा आउँदै गरेको तिहारका लागि मखमली र सयपत्री फूल टिप्ने तथा त्यस फुलको माला उनेर
बाहिरी जिल्लामा पठाउन अहिले व्यवसायीहरुलाई चटारो परेको हो।
गुलरिया
नगरपालिका–३ स्थित
खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले मागअनुसार समयमै
फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बताइन्।
“कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा
जग्गामा फूलखेती गरेको थिए”, उनले
भनिन् “राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा
जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी रहेको छ।”
थारू मागअनुसार
बजारमा फूल पठाउन नसकेको बताउँछिन। उनले आप्नो जमिनमा उत्पादन भएका फूल समयमै
टिपेर त्यसको माला उनेर स्थानीय बजारदेखि दाङ, बाँके, काठमाडौँसम्म पठाउने गरेको बताइन् ।
- न्युज बहार संवाददाता