असोज २२, जुम्ला । कर्णाली प्रदेश अन्तर्गत जुम्लाका कृषकहरु यतिबेला भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी जिल्ला आइपुगेका छन्।
दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन।
उनले भने, “हामीले गाउँमा पालेकाबाहेक बाजुरा र बझाङबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ, यहाँ सम्म ल्याइपुर्याउँदा एउटा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार परेको छ।’
जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन, म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर उनीहरु च्याङ्ग्रा बेच्न बेनी आएका हुन्।
करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका बेनीका स्थानीयहरु बताउँछन ।
- न्युज बहार संवाददाता