Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन्तला उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, स्याङ्जा । यस वर्ष स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । यस वर्ष मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा सुन्तलाको उत्पादन बृद्धी भएको हो ।

सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिएका छन । 

यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर विसं २०७० देखि ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । ६०  कृषक यहाँको सुन्तला पकेट क्षेत्रमा रहेका छन् । यहाँ उत्पादित सुन्तला बुटवल, काठमाडौँ कावसोती, पोखरा, इनरुवा, इटहरी, धादिङ लगायतका जिल्लामा निर्यात हुने गरेको छ ।

सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, परामर्श, अनुदान, बीउबिजनमा सुन्तला सुपरजोन स्याङ्जा, कृषि ज्ञान केन्द्र स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सहयोग गर्दै आएको छ । ती निकायले प्लास्टिक ट्याङ्की, पक्की ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । सुन्तला आईपिएम पाठशालासमेत यहाँ सञ्चालनमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप