जेठ २७, भोजपुर । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१० का किसानहरु अहिले बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा लागेका छन्। तीनतले क्षेत्रका किसानहरु मकै, आलुलगायत बालीको तुलनामा चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि यसतर्फ आकर्षित भएको देखिन्छ।
तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङका वडाध्यक्षले जनाएका छन्। तिनतलेको माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत नै चिराइतो रहेको छ। नगरपालिकाको उक्त माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ।
चिराइतो
बिक्रीबाट तीनतले क्षेत्रका किसानले एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२
लाखसम्म आम्दानी लिने गरेको छन्।
- न्युज बहार संवाददाता