Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केरा खेतीमा जम्दै कृषक राना

  •   २ वर्ष अघि | ८ मंसिर २०८१, शनिबार

मंसिर ८ कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना एक सफल कृषकका उदाहरण हुन । उनी सफल तथा व्यवसायिक केरा किसानका रुपमा परिचित छन्। उनले बिगत डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन । उनका अनुसार केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गरिरहेका छन् । 

जिल्ला भरीमा उनी उत्कृष्ट कृषकका रुपमा सम्मानितसमेत भइसकेका छन् । उनले सुरुआतमा पाँच बिघा जग्गामा केराखेती सुरु गरेका थिए । अहिले उनको केरा खेती १७ बिघामा विस्तार गरिसकेका छन् । 

पहिले बैंकबाट ऋण लिएर केराखेती सुरु गरेको उनले अहिले केराखेतीबाट वार्षिक रु १० लाख भन्दा बढी आम्दानी हुने गरेको बताउँछन । 

  • न्युज बहार संवाददाता

थप