बैशाख २०, काठमाडौ । अहिले नेपालमा काफल फल्ने सिजन हो। देशका
अधिकांश मध्य र पहाडी क्षेत्रका वन तथा जङ्गलमा अहिले काफल पाकिरहेको देख्न सकिन्छ
।
यसरी पहाडी जङ्गलमा फलेर पाकेका तिनै राता काफल यतिबेला पहाड
लगायत तराईका बजारमा बिक्री भइरहेको पाइन्छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा
यतिबेला व्यापारीलाई काफल बिक्री गर्न भ्याइनभ्याई परेको छ उनिहरु काफल बेच्नमा व्यस्त
देखिन्छन ।
यसरी काफलको सिजनमा काफल बिक्री गरेर दैनिक रु दुई हजार आम्दानी
गर्ने गरेको किसानहरु बताउँछन् ।
रोल्पा देखि दाङ हुँदै नेपालगञ्जमा काफल बेच्नकै लागी भनि आएका व्यापारी
हुन खगेन्द्र बुढामगर। उनले दैनिक चारदेखि पाँच क्यारेट (डाला)काफल बिक्री गर्ने गरेको
बताएका छन ।
उनले खुसी हुँदै काफलले नेपालगञ्जमा राम्रो बजार पाएको सुनाए ।
काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आएका अर्का व्यापारी हुन हरि नारायण चौधरी।
उनले पनि यसबाट राम्रो आम्दानी भएको बताएका छन ।
स्वास्थ्यकर्मी कबिराम बुढाथोकी काफल स्वास्थ्यका लागि पनि
राम्रो र पेटका लागि पनि निकै फाइदाजनक हुने गरेको बताउँछन्। यता अर्को तर्फ वरिष्ठ
आयुर्वेद डा रामबहादुर बोहराले काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा
दाँतको दुखाइ निको हुने बताउँछन।
- न्युज बहार संवाददाता