असोज ११, काठमाडौँ । निरन्तरको वर्षातका कारण काठमाडौँको
बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।
आज शुक्रबार
बिहानदेखी परेको निरन्तर वर्षाका कारण बागमती नदीछेउको तरकारी बजारमा पानि पसेर
डुवाएको छ।
तरकारी
बजारमा बाढी पस्न थालेपछि त्याहाँका व्यवसायीहरूले तरकारी अन्यत्र सुरक्षित
स्थानमा सारिरहेका छन्। त्यहाँको तरकारी, फलफूल बजार नदी किनारमै भएकाले
ठूला पानी पर्नेबित्तिकै डुवानमा पर्ने गरेको छ।
अहिले कतिपय
व्यवसायीको तरकारी तर फलफूलको पसलमा पानी पसिसकेको छ।
- न्युज बहार संवाददाता