जेठ ३, काठमाडौँ । रासायनिक मलमा दिएको अनुदानबाहेक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै शीर्षकमा बजेट कटौती गरेको छ ।
रासायनिक मलमा दिने अनुदानबाहेक सबैजसो शीर्षकमा अघिल्लो वर्षभन्दा कम बजेट मन्त्रालयको योजना महाशाखाले अर्थ मन्त्रालयमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा छुट्याइएको छ ।
आगामी वर्षको बजेटका लागि कृषिलाई अर्थ मन्त्रालयले ५२ अर्ब रुपैयाँको सीमा दिएको थियो । त्यसैले कृषिले अघिल्ला वर्ष सञ्चालित कतिपय कार्यक्रम कटौतीमा गरेको हो ।
यस्तै मन्त्रालयले रासायनिक मलको अभाव कुनै पनि हालतमा हुन नदिन चालु आर्थिक वर्षमा भन्दा दोब्बर बजेट राखेको छ ।
- न्युज बहार संवाददाता