बैशाख २७, काठमाडौँ। जेठ सुरु हुन लाग्दा ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गर्न कैलालीस्थित
बर्दगोरिया गाउँपालिकाले सुरु गरेको छ ।
गाउँपालिकामा रहेका कृषि फर्म तथा कृषि सहकारीमा आवद्ध कृषकहरूलाई धानको बीउ वितरण गरिएको गाउँपालिकाका कृषि विकास शाखाका अधिकृत झंकरबहादुर रावतका जानकारी गराएका छन।
बर्दगोरिया पालिकाले कृषिक्षेत्रलाई व्यवसायिक क्षेत्रमा परिणत गर्ने भन्दै उच्च प्राथमिकतामा राखेको छ । यस अनुसार धानको बीउ वितरण गरिनलागेको हो ।
कैलालीमा जेठको पहिलो सातादेखि नै धानको बीउ राख्न कार्य सुरु हुन्छ । किसानहरुलाई कृषि विकास शाखामा आएका निवेदनका आधारमा ८ सय बोरा बीउ वितरण गरिन लागेको ।
- न्युज बहार संवाददाता