Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

च्याउको उत्पादन बढे पनि बजार घट्दो क्रममा

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । च्याउको मूल्यमा नेपालमा पछिल्लो समय केही सुधार भएको छ । च्याउको मुल्यमा सुधार आए पनि किसानले भने लागत उठाउन सकेका छैनन् । च्याउको उत्पादन बढेको तर बजार घटेकाले किसान मारमा परेको बताएका छन ।

किसान संघ नेपालका कोषाध्यक्ष विनोद पौडेलले च्याउ उत्पादन गत वर्षको तुलनामा च्याउको बजार घटेको बताएका छन । ‘दैनिक १० हजार किलोभन्दा बढी च्याउ काठमाडौँ उपत्यकामा गत वर्ष यो सिजनमा बिक्री हुने गरेको थियो।’ हाल त्योभन्दा कम बिक्री भइरहेको छ।

च्याउ उत्पादनमा किसानको आकर्षण बढे पनि बजार घटेको पौडेलले बताएका छन । यही कारणले किसानले लागत उठाउन नसकेका हुन । पौडेलका अनुसार मान्छेसँग पैसा नभएर च्याउ किनेर खान छोडेका हुन भने होटेल, रेष्टुरेन्टमा पनि मसरुम सुप, मसरुम स्टिक, मसरुप पकौडा लगायत च्याउका परिकार कम पाक्ने गरेको हो ।

  • न्युज बहार संवाददाता

थप