Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धानबाली उत्पादनमा ह्रास

  •   २ वर्ष अघि | ७ पुस २०८१, आइतवार

पुस ७, काठमाडौँ । यस वर्ष बागमती प्रदेशमा धानबाली उत्पादन घटेको छ ।

बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान उत्पादनमा १.३७ प्रतिशतले उत्पादनमा ह्रास आएको हो ।

निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले बागमती प्रदेशमा चालु आर्थिक वर्षमा कुल एक लाख पाँच हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिएका छन ।

कुँवरका अनुसार अघिल्लो आव २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो।

  • न्युज बहार संवाददाता

थप