Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा देख्दा के होला भन्ने लाग्न सक्छ । त्यी छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका हुन्छन भने कोही बिक्रीमा व्यस्त रहेको देख्न सकिन्छ ।

तर्बुजा बेच्नेको भीड कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी प्रस्सत देख्न सकिन्छ । यहाँ रोकिएर महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरुले तर्बुजा खरीद गर्ने गर्छन्। 

गत चैतदेखि कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका छन । उनले वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने र बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन् । 

उनका अनुसार उनले बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छन । उनको तर्बुजा बिक्रीबाट घरखर्च चल्ने गरेको छ ।

उनका अनुसार दैनिक रु तीन-चार हजारको बिक्री हुने गरेको छ, भने चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिएको छ । अहिले दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । अहिले प्रतिकिलोग्राम रु ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।

  • न्युज बहार संवाददाता

थप