माघ २३, पर्वत । पर्वत जिल्लाको किसानहरुले काँक्रोको बीउ बिक्री गरेर मनग्य आम्दानि गरेका छन । जिल्लाको फलेवास नगरपालिका वडा नम्बर ११ पाङ्राङका कृषकहरुले काँक्रोको बीउ बिक्री बाट ६ करोड आम्दानी गरेका हुन ।
यहाँका कृषकले अहिले मात्र हैन विगत २५ वर्षदेखि काँक्राको बीउ
उत्पादन गर्दै आएका थिए । सोही बिउ बिक्रीबाट यसवर्ष छ करोड ३० लाख रुपैयाँ
आम्दानी भएको हो ।
विसं
२०५७ मा स्थानीय कृषकको नेतृत्वमा नारायणस्थान बीउ उत्पादन समूह गठन गरि याहाँका
किसानले व्यावसायिक रूपमा बीउ उत्पादन सुरु गरेका हुन । यस वर्ष मात्र ६३ क्विन्टल
काँक्रोको बीउ उत्पादन गरिएको छ ।
सोही
उत्पादित बिउलाई प्रतिकिलो रु १० हजारका दरले बिक्री गरिएको किसानले बताएका छन । याहाँका
कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन्।
- न्युज बहार संवाददाता