Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

व्यवसायीक केराखेतीबाट गाउँमै रोजगारीको सृजना

  •   ४ महिना अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, झापा ।  श्री गणपति एग्रिकल्चर फार्म प्रालिले झापा जिल्लाको गौरीगञ्ज५ मा व्यवसायीक केराखेती गरिरहेको छ । फार्म अहिले १० जना श्रमिकले नियमित रोजगारी पाइरहेका । श्रमिकरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् ।

फार्म सञ्चालक कमल थापाका अनुसार केरा उत्पादन सुरु भएपछी फार्ममा थप रोजगारी सिर्जना हुने

थापाले ८० बिघा जमिन भाडामा लिएर केराखेती लगाएका छन। उक्त केरा खेतीमा हालसम्म रू दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाका अनुसार फार्ममा ९० हजार केराका बिरुवा लगाइएको छ भने एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट रहेको छ
जिल्लास्थित कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक विकासकार्यक्रममार्फत फार्मलाई प्राविधिक सहयोग गरिरहेको छ । केन्द्र र फार्मको ५०/५० प्रतिशत लगानीमा प्रविधिक सामग्री सहयोग गर्ने सम्झौता भएअनुसार काम गरिएको केन्द्रका प्राविधिक अञ्जु आचार्यले बताएकी छन । आचार्यका अनुसार फार्मले श्रमिकलाई खानासहित दैनिक रू पाँच सय ज्याला दिने गरेको छ । फार्मका कामदारका अनुसार उनिहरुले घर नजिकै रोजगारी पाएक रोजगारीका लागि अरु देश जानु नपर्नुका साथै यो नै उनिहरुको लागि खुसीको कुरो भएको छ ।

सरकारले केरा उत्पादन भएसँगै बजारीकरण तथा प्रविधिक सहयोग गरेमा पहिलो वर्ष नै लगानी उठाउन सकिने फार्मका अध्यक्ष वासु उप्रेती  बताउँछन । 

  • न्युज बहार संवाददाता

थप