Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गण्डकी प्रदेशमा वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध पूर्णखोप कार्यक्रम सञ्चालन ।

  •   ३ वर्ष अघि | ३० साउन २०८०, मङ्लबार

साउन ३०, गण्डकी । गण्डकी प्रदेशमा वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको जनाएको हो ।

मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, ३८ गाउँपालिका र २३ नगरपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका छन । 

न्यौपानेका अनुसार गाईभैँसीलाई लाग्ने भ्यागुते, चरचरे, खोरेत, बाख्रामा देखिने पिपिआर, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा मात्र चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, पिपिआरको ११ लाख ८४ हजार ६० र क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८ तथा रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप