जेठ ३, काठमाडौँ
। २१ औँ राष्ट्रिय धान दिवसको लागि बाली विकास तथा कृषि जैविक विविधता संरक्षण
केन्द्र अहिले नाराको सुझाव संकलनमा जुटेको छ ।
केन्द्रले
आउँदो असार १५ गते मनाइने २१ औँ रोपाइँ महोत्सव तथा राष्ट्रिय धान दिवस तथालागि नाराको
सुझाव सङ्कलन सुरु गरेको हो।
केन्द्रका
अनुसार नाराका सम्भावित विषयवस्तुहरूमा ‘धानबालीका रैथाने जात र तिनको
महत्त्व’, ‘जलवायु परिवर्तन र धान उत्पादन प्रविधि’, ‘धानबालीमा नवीनतम अनुसन्धान र
विकास’ लगायत
रहेका छन ।
- न्युज बहार संवाददाता