फागुन ४, चितवन । चितवन जिल्ला भरतपुर महानगरपालिका-१५ श्रीपुरका कृषकहरूद्वारा उत्पादित गाजर र चुकन्दर अब जर्मन निर्यात गर्न हुन थालेको छ । १०० टन चुकन्दर का साथै १५० टन गाजर जर्मन पठाउने प्रक्रिया सुरु गरिएको हो ।
स्थानीय उत्पादकलाई प्रोत्साहन
गर्दै ‘द अग्र्यानिक
भ्याली’ संस्थाले
दुई वर्षदेखि गाजर र चुकन्दरको निर्यात प्रक्रिया अघि बढाएको जिल्ला प्राङ्गारिक
सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जनाएका छन । उनले अनुसार
यहाँको
२० बिघा अग्र्यानिक क्षेत्रको उत्पादनले विदेशी उपभोक्ताको विश्वास जितेको छ
भने
निर्यात सुरु गर्न मद्दत पुगेको छ ।
निर्यातका लागि गाजर प्रति किलो
रु. २० र चुकन्दर प्रति किलो रु. ५० मा मूल्य निर्धारण गरिएको छ । १५ जना कृषकका
उत्पादन जर्मन निर्यातमा जान लागेको सङ्घका सदस्य छविलाल न्यौपानेले जनाएका छन ।
- न्युज बहार संवाददाता