कार्तिक १३, काठमाडौँ । सधैँजसो रासायानिक मलको अभाव खेतीबालीको मुख्य समयमा देखिन्छ । १ लाख मेट्रिक टन मल यसपालि पनि हिउँदे बालीका लागि अपुग हुने देखिएको छ ।
१ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल हिउँदमा आवश्यक पर्छ भने हाल साढे ७१ हजार मेट्रिक टन मलमात्रै मौज्दात रहेको छ ।
मल अभाव नहुने सरकारले बताउँदै आए पनि प्रायःजसो किसानले भने मलको अभाव झेलिनै रहनु परेको छ । वार्षिक १२ लाख मेट्रिक टन रासायनिक मलखेतीयोग्य ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा आवश्यकता पर्दछ ।
तर यसको ठिक विपरित कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आपूर्ति भने अधिकतम ४ लाख मेट्रिक टनमात्रै हुँदै आएको जनाएको छ ।
हिउँदै बालीका रूपमा मुलुकमा मुख्यतया मसुरो, गहुँ, तेलहन बाली लगायतको खेती गर्ने गरिन्छ । मन्त्रालयले यी बालीका लागि १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने जनाएको छ ।
- न्युज बहार संवाददाता