Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाख्राको दूधबाट चिज उत्पादन, माग पनि उच्च

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, तनहुँ। तनहुँ जिल्लाको बन्दीपुरमा चिज उत्पादन गरिको छ । तनहुँ जिल्लाको बन्दीपुरमा स्थित रहेको बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको हो । गत आर्थिक वर्षमा केन्द्रले छ सय १२ किलो चिज उत्पादन गरेको जनाएको छ । 

केन्द्रका प्रमुखका अनुसार गत आर्थिक वर्षमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी उत्पादन भएको हो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको जनाएको छ ।

पोखरा र काठमाडौँमा यहाँ उत्पादित बाख्राको चिजको माग अत्यधिक रहने गरेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ ।

  • न्युज बहार संवाददाता

थप