माघ २४, सिरहा
। सिरहा जिल्लाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका रंगिन काउली
फलाएका छन । उनको तरकारी बारीमा पहेँलो र गुलाबी रङ्गका काउली फलेको छ । यसरी
रंगिन काउली फलेपछी उक्त काउली हेर्न आउनेको अहिले घुइँचो नै लागेको छ ।
उनका
अनुसार वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा रंगिन काउलीको फोटो देखेको र स्वदेश
फर्किएपछि भारतबाट काउलीको बीउ ल्याएर परीक्षणका लागि पाँच धुर जग्गामा लगाइएको
हो । उक्त रंगिन काउलीको उत्पादन राम्रो र बजार पनि राम्रो पाएकाले आगामी दिनमा
पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने उनले जाकारी दिए ।
उनको
बारीमा फलेका रंगिन काउलीको रङ्ग सहित स्वाद पनि फरक छ । त्यसले गर्दा बजारमा पुर्याउनसाथ बिक्री बइहाल्ने
गरेको छ । किसान साहका अनुसार यो रंगिन जातको काउलीको बीउको मूल्य अन्य जातको
भन्दा करिब पाँच गुणा बढी पर्न जान्छ । उनले दुइ दिन अघि मात्र १६ किलो
उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए।
उनका अनुसार अहिले खेतमा रङ्गीन काउली अवलोकन गर्न
आउनेको घुइँचो लागेको छ ।
- न्युज बहार संवाददाता