Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हल गोरु पाल्ने किसानलाइ प्रोत्साहनस्वरुप नगद अनुदान

  •   ३ वर्ष अघि | १७ फाल्गुन २०८०, बिहिबार

फागुन १७, बागलुङ ।  बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले किसानलाइ प्रोत्साहनस्वरुप नगद अनुदान प्रदान गर्ने जनाएको छ । नगरपालिकाले नगरपालिका अन्तर्गत हलगोरु पाल्ने किसानहरुलाई १० हजार अनुदान दिने जनाएको हो । नगरपालिकाले स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बन्न र रैथाने बालीको संरक्षणकालागि किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले अनुदान कार्यक्रममा हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरिसकेको छ । नगरपालिका पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालका अनुसार गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको हो।

नगरपालिकाका अनुसार दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका छन भने पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही रु दश हजारका दरले प्रोत्सान उपलब्ध गराइने छ ।

  • न्युज बहार संवाददाता

थप