साउन ६, लमजुङ । साउनको पहिलो हप्ता बित्नै लाग्दा लमजुङ जिल्लामा करिब ६५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले जानकारी दिएका छन ।
मनसुन केही ढिलो भित्रँदा रोपाई ढिलो भएको रेग्मीले बताएका छन। अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरू पानी पर्ने र खेत रोप्न पाउने आशामा बसिरहेका छन् ।
कुलो र नहर नलाग्ने ठाउँमा पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।
किसानले समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको गुनासो गरेका छन।
यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने कृषि ज्ञान केन्द्रले प्रक्षेपण गरिएको छ।
- न्युज बहार संवाददाता