Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमा पहिलो पटक ब्रान्डिङ सहित कोदोको पिठोबाट बिस्कुट उत्पादन

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, बागलुङ । बागलुङ जिल्लामा पुरानो खाद्यन्न बाली कोदोलाई ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादनको कार्य सुरु गरिएको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।

युवा व्यवसायी श्रीसका अनुसार लामो समयदेखि कोदो, आलु, मकै र जौको बिस्कुट बनाउने अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरिएको हो भने अब कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने योजना रहेको छ । 

उनले विगत सात वर्षदेखि गाउँमै उद्यम गरेर स्वरोजगार बन्ने  उदेश्यका साथ कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धान गरेका थिए । यही लामो अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हात पारेका छन ।

 उनका अनुसार उनीमा कहिले पनि जागीरको मानसिकता थिएन र पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरेका उनी स्नातक सकेको पनि जागीर खान तर्फ लागेनन । कोरोनाको समयमा गाउँ आएदेखि रेष्टुराँ व्यवसाय बन्द भयो, र त्यपछी  गाउँमै उद्योगमा उनी लागेका हुन । उनले सुरुमा रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्याएको बताएका छन । अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको र कोदोको बिस्कुटको निकै राम्रो सम्भावना रहेको उनी बताउँछन ।

नेपालमै पहिलोपटक युवा व्यवसायी श्रीसले कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरिएको छ । यो भन्दा पहिले नेपालमा कोदोको बिस्कुट नबनेको श्रीसले जनाएका छन ।  गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु २० मा उनले अहिले बजार पठाइरहेका छन । 

उनको भनाइ अनुसार उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान दिएको हो ।

उनले गाउँमा रहेको परम्परागत कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने  बताए । 

उनले अहिले जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको र नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको बताएका छन । उनले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो ।

अहिले उद्योगको दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता रहेको छ । उनको उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारीसमेत दिइएको छ भने कृषि ज्ञान केन्द्रले कोदोको बिस्कुटको प्याकेजिङमा सघाउने उनको भनाइ छ ।  

थप