फागुन १०, काठमाडौँ । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाटको काम
खुलेको छ।
उपत्यकाका
काठमाडौं, भक्तपुर
र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाटको काम अब
सुरु भएको जानकारी प्राप्त भएको छ।
उपत्यकामा
जग्गा वर्गीकरण कार्य भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले सकिएको देखाएको
छ।
विभागका
अनुसार स्थानीय तहले जग्गालाई कृषि र गैर कृषि गरी दुई भागमा छुट्याएका हुन्। तर
त्यो बाहेक अन्य विधामा भने छुट्याउन बाँकी रहेको बताएको छ।
भू-उपयोग नियमावली २०७९ जेठ २३ गतेदेखि लागू भएपछि जग्गा
व्यवस्थापन नयाँ ऐन–नियममा
निर्देशित भएको छ। सोही समय देखि उपत्यकामा जग्गा कित्ताकाट रोकिएको थियो ।
अहिले औद्योगिक, कृषि, आवासीय, व्यावसायिक,
खानी तथा
खनिज, वन गरी
विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम सुरु गरिरहेका छ।