साउन १७, मकवानपुर । लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बागमती प्रदेशमा लम्पी स्किन रोगको बढ्दो संक्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि सप्ताहव्यापी खोप अभियान सुरु गर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयारी गरेको हो ।
बागमती प्रदेशका १३ जिल्लामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले साउन २५ गतेदेखि ३१ गतेसम्म एकै पटक खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।
यस खोप
अभियानबाट मन्त्रालयले प्रदेशका करिव ४० हजार गाई भैंसीमा लम्पी स्किन रोग
विरुद्धको खोप लगाउने उद्धेश्य राखेको छ।
मन्त्रालयले
‘लम्पी
स्किन रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन, २०८०’ कार्यविधि गत साउन १० गते
मन्त्रीस्तरीय बैठकबाट स्वीकृत समेत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
- न्युज बहार संवाददाता