Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बैतडीमा लम्पी स्किन रोगको बढ्दो महामारी।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, बेतडी। बैतडी जिल्लामा लम्पी स्किन रोग प्रकोपकै रूपमा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको जनाएको छ। 

केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको जानकारी दिएका छन।

यो रोगबाट बैतडी जिल्लामा हालसम्म ६४ हजार एक सय ९७  घरपालुवा पशु सङ्क्रमित छन् भने उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताएका छन ।

बाच्छाबाच्छी, गाईगोरू र भैँसी लम्पी स्किनका कारण बढी प्रभावित भएका छन्। ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन’ उनले भने। ‘प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।’

यो रोग मच्छर, झिङ्गा र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सबैलाई सचेत रहन अपिल गरिएको छ।

रोगलाई केही हद सम्म नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो र पर्सो व्यवस्थापन र चरन क्षेत्र जस्ता विषयमा बढी ख्याल गर्नुपर्ने जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप