जेठ ६, कञ्चनपुर
। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का स्थानियका जमिन पहिले भन्दा घटेको छ । पहिले भएको जमिनमध्ये
आधा जसो जमिन दोदा नदीले कटान गरेर बगरमा परिणत भएको छ । लालझाडी गाउँपालिका–४ का मन्तोरा रानाको दुई बिघा
जमिन अहिले ५ कठ्ठा मात्र बाँ की छ ।
यहाँका
स्थानीहरुको जमिन दोदामा उर्लेर आउने बाढीले बगर बनाएर विस्थापित गरेको छ ।
बर्सेनि कटान र डुबान समस्या झेलिरहेका स्थानियले त्यही बगर भएको तटीय क्षेत्रका गर्मीयाममा
लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् ।
स्थानियका
अनुसार बर्खामा दोदाले दिने दुःख भुल्दै अहिले यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिरहेका
छन ।”
दोदा नदीको तटिय क्षेत्रमा करिब
पाँच सयभन्दा बढी परिवारले अहिले बगरखेती गरिरहेका छन् । दोदाको बगरमा काँक्रा, तरभुजा, लौका, फर्सीलगायत लहरेबाली खेती
गरिएको छ । बगर खेतीका लागि माघदेखि बगरमा तयारी गर्ने गरिन्छ ।