Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

५० लाख बराबरका केरा भारतबाट आयात

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

कात्तिक २१, काठमाडौँ । महोत्तरी जिल्लामा छठपर्वमा बिक्री गर्ने उद्देश्यले भारतबाट ५० लाख बराबरका केरा भित्र्याएका छन्। व्यवसायीहरुले जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वलाई लक्षित गर्दै करिब ५० लाख बराबरको केरा भारतबाट आयात गरेका हुन।

जलेश्वरका व्यवसायी गणेश साहका अनुसार आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा ल्याइएको हो ।

व्यवसायीहरुले पहिलेपहिले २०२५ लाखसम्मको केरा ल्याइने गरिएको भएतापनि यस वर्ष भने ५० लाखको केरा ल्याइएको बताएका छन ।

यसपालि जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँचसात जना व्यापारीले सामूहिक रूपमै २५ ट्रक केरा मगाएका छन् ।

यस वर्ष जलेश्वरमा ४० ट्रक केरा ल्याइएको छ । विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको थियो ।

यसपालि जलेश्वर बजारमा केरा प्रतिघार छसात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको जानकारी व्यवसायीहरुले दिइका छन

  • न्युज बहार संवाददाता

थप