साउन
१२, रामेछाप रामेछाप जिल्लामा मात्र लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरिसकेका
छन् भने लम्पी स्किन रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्।
सम्बन्धित
पालिकाको पशु सेवा शाखाले लम्पी स्किन रोगबाट मन्थली नगरपालिमा ४०, रामेछाप नगरपालिमा ७५, गोकुलगङ्गा गाउँपालिकामा १५, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, उमाकुण्ड गाउँपालिकामा ४० र सुनापती
गाउँपालिकामा ३६ गाईगोरु मरको जनाएको छ।
अहिले रामेछापका पालिकाहरुले लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क खोप प्रदान गरिरहेका छन्।
त्यसैगरी निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि पनि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।
- न्युज बहार संवाददाता