असार ३, काठमाडौँ। आज काठमाडौँको कालिमाटी तरकारी बजारमा ‘गोलभेंडा होलिडे’ गरिएको छ। कालीमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा उचित बजार मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याकेका छन् ।
खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताएका छन ।
कालीमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जानकारी दिएका हुन।
किसानले गोलभेंडा सडकमा फ्याँकेको समितिका अध्यक्ष गीता आचार्यले बताएकी छिन । आचार्यले भने, ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याँकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ’ ‘रामकोट, नागार्जुन, थानकोट लगायत क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’
- न्युज बहार संवाददाता