Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६ महिनामा साढे १७ अर्बको तरकारी नेपाल भित्रियो

  •   ३ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा साढे १७ अर्बको तरकारी भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ५० करोड १७ लाख ६७ हजार रुपैयाँ तरकारी आयात भएको हो । 

भन्सार विभागका अनुसार सो तरकारी आर्यात गर्दा नेपालबाट पनि केही मात्रामा निर्यात भएको छ । ४९ करोड ८१ लाख ४५ हजार रुपैयाँको तरकारी नेपालबाट निर्यात भएको छ । तरकारीको कारोबारमा नोपलले चालु आर्थिक वर्षमा १७ अर्ब ३६ लाख २१ हजार व्यापार घाटा बेहोरेको छ भने सरकारले तरकारीको अन्तराष्ट्रिय कारोबारबाट २ अर्ब ९२ करोड ८८ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ । 

चीन, भारत लगायत मुलुकबाट नेपालमा अधिक मात्रामा तरकारी आयात हुने गरेको छ । तिनै मुलुकमा केही तरकारी निर्यात पनि हुने विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप