फागुन
१०, चितवन । नेपालभरिमा चितवन राष्ट्रिय निकुञ्ज गैडाको लागी उयुक्त स्थान हो ।
सोही चितवन राष्ट्रिय निकुञ्ज र आहासका वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९-८०
को फागुन ९ गतेसम्मको तथ्याङ्क अनुसार १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रभित्र
१२ तथा वन क्षेत्रमा दुई गरी १४ गैँडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारी नियतले तीन गैँडा मरिएका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्र भित्रै र एउटा वन क्षेत्रका गैँडा मारेका हुन। उनले निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग चोरले लगेका थिए भने एउटा बच्चा थियो । तर त्स बाहेकका सबै गैडा काल गतिले मरेका हुन् ।
नेपालभर सन् २०२१ मा गरिएको गणनाअनुसार सात सय ५२ गैँडा रहेका छन् । त्यसमा पनि चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन् । चोरी सिकारीले पटक पटक गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको थियो । यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेर सिकारी केही हद सम्म रिक्न सफल भएको छ ।