असार २४, धनगढी । विषालु च्याउ खाँदा डोटीका ११ जना बिरामी परेका छन् ।
प्रहरीले दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेको जनाएको छ।
बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले दिएका छन भने उनीहरूको अवस्था मध्यम रहेको उनले बताएका हुन
- न्युज बहार संवाददाता