वैशाख १७, काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
प्रधानमन्त्री
ओलीले बुधबार काठमाडौँमा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा आयोजित
‘इन साइट
अफ लाइभ’ नामक
अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता
जनाएका हुन।
उनका
अनुसार विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक
स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता
दिइएको हो।
स्वास्थ्य
क्षेत्र रणनीतिक योजनामा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५।४५ बाट
बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको प्रधानमन्त्री ओलीले बताएका छन।
- न्युज बहार संवाददाता