Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

के तपाईलाई थाहा छ दसैँमा खेलिने तास कहाँबाट आयात हुन्छ?

  •   १२ महिना अघि | १५ असोज २०८२, बुधबार

असोज १५, काठमाडौँ । दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड हो। यो पर्वमा परिवार, आफन्त, र पुराना साथीभाइ भेटघाट गर्ने, खानेपिउने मात्र होइन, सँगै बसेर तास खेल्ने चलन पनि पुरानो परम्परा हो। विशेषगरी टीका जमरा लगाइसकेपछि घरमा दाजुभाइ, साथीभाइ र नातेदारहरू जम्मा भई तास खेल्ने प्रचलन रहँदै आएको छ।

पुराना पुस्ताहरूका अनुसार, तास खेल्नाले आपसी सम्बन्ध थप प्रगाढ बनाउने र लामो समयपछि भेटिएका आफन्तबीच कुराकानी गर्ने अवसर मिल्ने विश्वास गरिन्छ। तर पछिल्लो समयमा भने तासलाई जुवा ठान्ने धारणा पनि बढ्दै गएको छ। आफन्तबीच रमाइलोका लागि सामान्य रूपमा खेलिने तास स्वीकार्य भए पनि ठूलो रकम राखेर हुने तास खेल भने नकारात्मक मानिन्छ।

प्रहरीले पनि ठूलो रकम संलग्न तास खेलमा निगरानी बढाएको छ र त्यस्ता खेल खेल्नेहरूलाई पक्राउ गरेर रकम जफत गर्ने गरेको छ।

दसैँ–तिहारमा खेलिने तास नेपालमा पर्याप्त उत्पादन नहुने भएकाले अधिकांश तास विदेशबाट आयात गरिन्छ। भन्सार विभागका अनुसार, २०८२ सालको साउन र भदौ महिनामा मात्रै विदेशबाट २९ लाख ३२ हजार ३५६ बट्टा तास आयात गरिएको छ। यसबाट नेपालबाट ९ करोड ९९ हजार रुपैयाँ विदेश गएको छ।

तास आयातमा चीनको हिस्सा सबैभन्दा बढी छ। साउन र भदौ महिनामा चीनबाट २८ लाख ७६ हजार ७९४ बट्टा तास आयात हुँदा नेपालबाट ८ करोड ३५ लाख २१ हजार रुपैयाँ चीन गएको छ। सोही अवधिमा सरकारले तास आयातमा ५ करोड १७ लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ। चीनपछि सबैभन्दा धेरै तास भारतबाट आयात गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप