Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज विजया दशमी, मान्यजनको हातबाट रातो टीका र जमरा लागाउने दिन

  •   १२ महिना अघि | १६ असोज २०८२, बिहिबार

असोज १६, काठमाडौँ । आज बिहीबार विजया दशमी, दुर्गा पक्षको सबैभन्दा मुख्य दिन हो।

यस दिन नवदुर्गाको प्रसादस्वरूप शुभ साइतमा मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ। नवमीसम्म दसैं घर वा पूजा कोठामा गरिएको पूजाको प्रसाद आजको दिन टीका लगाएर ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस वर्षको टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ। यद्यपि, विजया दशमी स्वयं शुभ दिन भएकाले सबैले साइत हेर्नैपर्ने आवश्यकता नपर्ने जनविश्वास छ।

देवी विसर्जनको साइत भने बिहान ९:२३ बजे रहेको थियो। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालले टीका लगाउँदा पूर्वतर्फ फर्कनुपर्ने परम्परा रहेको जनाएका छन।

  • न्युज बहार संवाददाता

थप