Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा

  •   १२ महिना अघि | २० असोज २०८२, सोमवार

असोज २०, काठमाडौँ । आज दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिनलाई नेपालीहरूले दशैंको समापन र लक्ष्मीको स्वागतको रुपमा मनाउने परम्परा छ।

कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भन्ने गरिन्छ । यसै दिनबाट १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं औपचारिक रूपमा अन्त्य हुन्छ भने विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने परम्परा आजैको दिन, पूर्णिमासँगै समाप्त हुने शास्त्रीय मान्यता रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज बेलुकासम्म बलि पूर्ति नहुन्जेलसम्म दशैंको टीका र जमरा ग्रहण गर्न सकिन्छ। बिहानै दशैंघरमा राखिएको फूल, प्रसाद र जमरा आदि नजिकको नदी, पोखरी वा अन्य पवित्र स्थलमा विसर्जन गर्ने परम्परा छ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप (आकाशमा बत्ती बाल्ने) दान गर्ने चलन पनि प्रारम्भ हुन्छ। यसलाई दशैंको बिदाइ र तिहारको तयारीको संकेतको रूपमा लिइन्छ। यो दिनलाई लक्ष्मीको विशेष पूजा गर्ने अवसरका रूपमा लिइन्छ जहाँ रातभर जाग्राम बस्दै धन र समृद्धिकी देवी महालक्ष्मीको आराधना गरिन्छ। धार्मिक विश्वास अनुसार, रातभर जाग्राम बसेर पूजा गर्नेको घरमा देवी महालक्ष्मी स्वयम् भ्रमण गर्न आउँछिन् र ऐश्वर्य प्रदान गर्छिन्।

 

  • न्युज बहार संवाददाता

थप