असार २४, काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग सरकारले वार्ताको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मंगलबार साँझसम्म तीन सदस्यीय मन्त्रीस्तरीय वार्ता टोली गठन भएसँगै औपचारिक वार्ताको तयारीको लागि वातावरण सृजना भएको हो ।
सरकारले
अनौपचारिक रूपमा वार्ताका लागि बोलाएको र आजै साँझसम्म औपचारिक पत्र पठाउने
जानकारी दिएको नेपाल चिकित्सक संघका महासचिव सञ्जीव तिवारीले जनाएका छन ।
महासचिव तिवारीका
अनुसार अहिलेसम्म औपचारिक वार्ता भएको छैन, तर अनौपचारिक रूपमा कुराकानी भने
भएको छ। सरकारले आजै
साँझसम्म पत्र पठाएर औपचारिक वार्तामा बोलाउने आशा रहेको उनले बताएका छन।
- न्युज बहार संवाददाता