असोज १७, अमेरिका । अमेरिकाका सभामुख केभिन म्याकर्थी पदमुक्त भएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख रहेका केभिन म्याकर्थी पदमुक्त भएका छन्।
उनले हिजो मंगलबार भएको चुनावमा
सभामुख पदमा बसिरहनका लागि सदनमा बहुमत ल्याउन नसकेका छन ।
द न्युयोर्क टाइम्सले उल्लेख गरे
अनुसार उनको विपक्षमा २१६ र पक्षमा २१० मत खसेको छ ।
उनको आफ्नै रिपब्लिकन पार्टीका
सांसदहरूले म्याकर्थीलाई सभामुखबाट हटाउन भूमिका खेलेका छन्।
रिपब्लिकन सांसद ८ जनाले मंगलबारको
मतदानमा उनको विपक्षमा मतदान गरेका थिए।
- न्युज बहार संवाददाता