Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज राती हुने रोचक उल्का वर्षा नेपालबाट पनि हेर्न सकिने

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८, काठमाडौँ । नेपालबाट पनि बिहीबार राति हुन लागेको उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालको जुनसुकै ठाउँबाट पनि आकाश खुलेको रहेछ भने खाली आँखाले नै उल्का वर्षा देख्न सकिने बताइएको छ ।

आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यस उल्का वर्षालाई खगोलविदहरुले ‘जेमिनिड्स’ नाम दिएका छन् ।

जेमिनिड्सलाई अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भन्नुको कारण यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको साना साना गोलाजस्तो आकाशबाट रंगीचंगी वस्तु तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना हुने भएको छ ।

नेपालबाट पनि यो रोचक उल्का वर्षा हेर्न सकिने छ । उल्का वर्षा नेपाली स्थानीय समयानुसार बिहीवार मध्यरातपछि अवलोकन गर्न सकिन्छ । नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई खाली आँखाले नै अवलोकन गर्न सकिने वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यले बताएका छन ।

 

  • न्युज बहार संवाददाता

थप