भदौ २३, काठमाडौँ । आजदेखि भारतको दिल्लीमा जी-२० सम्मेलन सुरु भएको छ ।
जी-२० सम्मेलनमा भाग लिन बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी राष्ट्रपति जो बाइडेन, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् ।
९ र १० सेप्टेम्बर गरी सम्मेलन २ दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिन आज २० वटा देशका नेताहरु एउटै मञ्चमा छन् ।