बैशाख २९, काठमाडौँ । पूर्वप्रधानमन्त्री
इमरान खानलाई पाकिस्तानको इस्लामावाद उच्च अदालतले दुई हप्ताको अन्तरिम जमानत
दिएको छ ।
उनलाई तीन
दिनअघि अलकादिर ट्रष्ट मामिलामा नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद
उच्च अदालतपरिसरबाट पक्राउ गरिएको थियो ।
उनलाई इस्लामावाद
उच्च अदालतवाट अन्तरिम जमानत मिलेको हो । अदालतले मे १७ तारिखसम्म कुनै पनि
मुद्दामा इमरानलाई नपक्रन भनि आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
- न्युज बहार संवाददाता