माघ ७, काठमाडौँ । रुसी जहाज अफगानिस्तानमा
दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले रसियन नागरिक उड्डयन
प्राधिकरणलाई उदृत गर्दै जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान उडेको
जहाज दुर्घटनामा परेको हो ।
जहाजमा ६
जना यात्रु रहेको रसियाली अधिकारीहरुले जनाएका छन । त्यो विमान चार्टर गरिएको जनाइएको
छ ।
तर अहिलेसम्म
भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।
- न्युज बहार संवाददाता