Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६.२ म्याग्नेच्युडको भूकम्पमा परि सयभन्दा बढीको मृत्यु

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पले सयभन्दा बढीको मृत्यु भएको छ।

सोमबार मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले खानेपानी, विद्युत् र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जानकारी दिएको छ । समाचार संस्थाका अनुसार नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

भूकम्पमा परेका थप मानिसहरूको खोजी जारी रहेको छ भने मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 

समाचार संस्थाहरूका अनुसार अत्यधिक चिसोका कारण पनि मानिसहरूलाई थप कठिनाइ भएको समाचार संस्थाहरूले उल्लेख गरेका छ ।

 

  • न्युज बहार संवाददाता

थप